‘माइतीघर’ घोषणा गर्दै रोहित, दशैंमा प्रदर्शन हुने

१० मंसिर २०८१ ६:२०

निर्माता रोहित अधिकारीले नयाँ चलचित्र ‘माइतीघर’ बनाउने भएका छन् । सामाजिक कथावस्तुमामा निर्माण हुने यो चलचित्रको घोषणा सँगै प्रदर्शन मिती पनि तय गरिएको छ । २०८२ सालको दशैंमा चलचित्र प्रदर्शन गरिने अधिकारीले बताए ।

अबको केही समयमा छायांकन सुरु हुने यो चलचित्रलाई मिलन तामाङले निर्देशन गर्नेछन् । सोमबार रोहितले सार्वजनिक गरेको थिम पोष्टरमा दशैंको फूलपातीबाट यो चलचित्र रिलिज हुने घोषणा गरिएको छ ।

निर्माता अधिकारीका अनुसार चलचित्रको स्क्रिप्टको काम अहिले अन्तिम चरणमा पुगेको छ । स्क्रिप्ट लेखनको कार्य सकिएपछि कलाकार छनोट प्रक्रिया अगाडि बढाएर सुटिङ सुरु गर्ने निर्माणपक्षको तयारी छ ।

यो नाममा आजभन्दा ५८ बर्ष अगाडि नै चलचित्र निर्माण भइसकेको छ । यही नाममा चलचित्र निर्माण गर्न लागेका रोहितले यो पटका अली फरक कथा र पटकथा रहने जनाए । यसअगाडि रोहितले निर्माण गरेको चलचित्र रोहितले फिल्म ‘गाजलु, छ माया छपक्कै र फर्की फर्की’ हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *