‘तेल भिसा’ले पाएन दर्शक

९ मंसिर २०८१ ७:११

निर्देशक शंकर घिमिरेको निर्देशमा शुक्रबारदेखि प्रदर्शन भएको चलचित्र ‘तेल भिसा’ बक्स अफिसमा फ्लप देखिएको छ । प्रदर्शनको पहिलो दिन शुक्रबार फाट्टफुट्ट दर्शक पाएको यो चलचित्रले शनिबार पनि गतिलो ब्यापार गर्न सकेन ।

त्यस्तै, आज प्रदर्शनको तेस्रो दिन झनै कम्जोर देखिएको छ । जसले, गर्दा बक्स अफिसमा फ्लप भइसकेको छ । आज बिहानैदेखि दर्शकको उपस्थिती हलमा सुन्य छ । चलचित्र हेर्न चरो मुसो पनि नआएपछि निर्माणपक्ष यतिबेला निकै तनवमा छ ।

चलचित्र समिक्षक बाट खासै गतिलो प्रतिक्रिया पाउन नसकेको यो चलचित्रको कथावस्तु राम्रो भएपनि प्रस्तुति निकै फितलो छ । जसले गर्दा दर्शकलाई हलसम्म तान्न सकेन् ।

अहिले नेपाली चलचित्रलाई दर्शकको राम्रो साथ र प्रतिक्रिया मिलिरहेको बेला ‘तेल भिसा’ले पानी पनि भन् नपाउनु निकै दु:खको कुरा हो । निर्माणपक्षले दर्शकको चाहनालाई बुझेर चलचित्र निर्माणमा ध्यान दिने हो भने यस्तो अवस्था सायदै आउँला ।

यो चलचित्रमा विपिन कार्की, वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे लगायतका कलाकारहरुको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *