‘जेरीः अन टप’को दृश्यहरु टिकटकमा भाइरल

९ मंसिर २०८१ ६:४२

सुयोग गुरुङको निर्देशन रहेको चलचित्र ‘जेरीः अन टप’को यतिबेला लुक्लामा छायांकन चलिरहेको छ । निर्माता सरोज न्यौपानेको लगानी रहेको यो चलचित्रको अझै केही दिन लुक्लामा छायांकन चल्ने निर्माणपक्षले जनाएको छ । तर, चलचित्रको छायांकन स्थलबाट महत्वपूर्ण दृश्यहरु भने टिकटकमा भाइरल भइरहेका छन् ।

चलचित्र छायांकन सेटबाट यसका महत्वपूर्ण केही दृश्यहरु खिचेर अहिले टिकटकमा पोष्ट गरिएको देख्न सकिन्छ । टिकटकमा अनमोल केसीको नाछेको दृश्यदेखी जसिता र केदारको इन्ट्री र रोमान्टिक दृश्यहरु अधिकांश पोस्ट गरिएको छ ।

यो चलचित्रको सुटिङ हेर्न आउने दर्शकले खिचेर पोस्ट गरिएको निर्माणपक्षले जनाएको छ । तर, पनि निर्माणपक्षले यसरी चलचित्रका महत्वपूर्ण दृश्यहरु नखिच्न दर्शकलाई आग्रह गर्न सकेको छैन् ।

यसरी चलचित्रका सम्पूर्ण दृश्य अगाडि नै सार्वजनिक भएपछि चलचित्र रिलिज गर्नेबेला कती असर पर्छ भन्ने कुरा निर्माणपक्षलाई बेलैमा हेक्का रहोस् । अनमोल केसी, केदार घिमिरे, आँचल शर्मा, जसिता गुरुङ लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको यो चलचित्र आगामी फागुनको २ गतेबाट रिलिजमा आउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *