‘बलिदान’को दोस्रो चरणको छायांकन सुरु

७ मंसिर २०८१ ६:५९

निर्माता तथा निर्देशक सन्तोष सेनको आगामी चलचित्र ‘बलिदान’को दोस्रो चरणको छायांकन सुरु गरिएको छ । ५ करोडमाथिको बजेटमा निर्माण हुन लागेको यो चलकित्रको शुक्रबारदेखि मोरङको कानेपोखरीबाट दोस्रो चरणको छायांकन सुरु गरिएको हो ।

अभिनेता समीर भट्टको प्रमुख भूमिका रहेको यो चलचित्रको शुक्रबार बिहानदेखि समीर र ऋचा शर्माको भागको दृश्यको छायांकन गरिएको निर्माणपक्षले जनाएको छ । त्यस्तै, सौगात मल्ल र अर्पण थापाले आइतबारदेखि सुटिङ ज्वाइन गर्नेछन् ।

यो चलचित्रको दोस्रो चरणको छायांकन महेश पौडेलको टिमले गरेको छ । चलचित्रको पहिलो चरणको छायांकन संजय लामाले गरेका थिए । सेनका अनुसार लामाले फागुनसम्म छायांकन गर्न नसक्ने भएपछि उनको ठाउँमा पौडेलको टीमलाई ल्याएको हो ।

नेपालको भूमिमा भइरहेको शोषण र अन्यायविरुद्धको संघर्षको कथामा आधारित यो चलचित्रलाई नयाँवर्ष २०८२ मा प्रदर्शनलक्ष राखिएको छ । चलचित्रको छायांकन तालिका ४५ दिनको छ ।

एक्सन प्रधान रहेको ‘बलिदान’मा दक्षिण भारतका एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा करिब ३० जनाको टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै एक्सन दृश्य तयार गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *