‘ह्रस्व दीर्घ’को ४ दिनको कलेक्सन साढे ३ करोड

५ मंसिर २०८१ ५:५८

कार्तिक ३० गते शुक्रबारबाट प्रदर्शन भएको चलचित्र ‘ह्रस्व दीर्घ’को ४ दिने कलेक्सन सार्वजनिक गरिएको छ । निर्माणपक्षले दिएको जानकारी अनुसार यो चलचित्रले प्रदर्शन भएको ४ दिन सोमबारसम्ममा कूल ३ करोड ६५ लाखको ग्रस कलेक्सन गरेको हो ।

६ करोडको बजेटमा निर्माण भएको यो चलचित्रले प्रदर्शनको पहिलो दिन अर्थात शुक्रबार ८० लाख र शनिबार १ करोड २० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो भने आइतबार ७५ लाख र सोमबार ९० लाख रुपैयाँको ग्रस कलेक्सन गरेको थियो ।

अभिनेत्री निता ढुङ्गानाले निर्माण गरेको यो चलचित्रको निर्माणमा नीतालाई अभिनेता हरिहर अधिकारीले सघाएका छन्। निता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको चलचित्रको कार्यकारी निर्माता धनन्जय गलानी हुन् ।

चन्द्र पन्तले निर्देशन गरेको यो चलचित्रमा चलचित्रमा हरिहर अधिकारी, निता ढुङ्गाना, प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आदर्श मिश्र, बुद्धि तामाङ, किरण केसीको अलावा भारतीय कलाकार ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा लगायतका कलाकारको अभिनय छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *