शुक्रबारदेखि अनमोल र जसिताको ‘फर्की फर्की’ ओटीटीमा

५ मंसिर २०८१ ५:४४

बक्स अफिसमा राम्रो कमाइ गरेको टाइम लुपको कथामा निर्माण गरिएको रोमान्टिक चलचित्र ‘फर्की फर्की’ ओटीटी प्लाटफर्ममा प्रदर्शन हुने भएको छ । यो चलचित्रका निर्माता रोहित अधिकारीका अनुसार शुक्रबारदेखि एमएसएम भिडियोमा प्रदर्शन हुनेछ ।

गत जेठमा प्रदर्शन भएको यो चलचित्रलाई निर्देशक सुयोग गुरुङले निर्देशन गरेका हुन् । नायक अनमोल केसी र नायिका जसिता गुरूङको प्रमुख भूमिका रहेको यो चलचित्रमा रवि काफ्ले र समृद्धि अर्यालको पनि भूमिका छ । जसिता र अनमोलले यतिबेला ‘जेरी अन टप’मा सहकार्य गरिरहेका छन् ।

‘एमएसएम भिडिओ’ एपमा एकपछि अर्को चलचित्र रिलिज भइरहेका छन्। यसमा यसअघि ‘अगस्त्यः च्याप्टर वान’ रिलिज भएको थियो। त्यसअघि ‘बेहुली फ्रम मेघौली’ रिलिज गरिएको थियो। यो प्लेटफर्ममा ‘दिमाग खराब, महाजात्रा, घरज्वाइँ’ लगायतका चलचित्रहरू पनि रिलिज भइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *