गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुति र आरआर फिल्मस् तथा रोटेपिङ इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुन लागेको चलचित्र ‘रिमै’को छायांकन सुरु गरिएको छ । मंगलबार गोरखाको सिरान चोकमा चलचित्रको शुभसाइतसँगै छायांकन सुरु गरिएको हो ।
रोहित कट्टेल प्रस्तुतकर्ता रहेको यो चलचित्रको सुभसाइत कार्यक्रममा चलचित्रका मुख्य पात्र दयाहाङ राई र रिस्मा गुरुङ उपस्थित थिए । दया र रिस्माले चलचित्रको डाइलग बोलेर पहिलो सर्टको छायांकन गरिएको थियो ।
रोहित कट्टेल प्रस्तुतकर्ता रहेको चलचित्रको एक महिनासम्म गोरखाको सिरानचोक, झार गाउँ, कुल गाउँ, भंगेरी, लासे, सिम्लेल, गोहरे, चित्रे पोखरी, गोर्खा बजारमा छायांकन चल्ने निर्माणपक्षले जनाएको छ । चलचित्रको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् ।
उपेन्द्र सुब्बाको लेखन, शैलेन्द्र ध्वज कार्कीको छायांकन, मित्र डी गुरुङको सम्पादन रहने चलचित्रका सह-निर्मातामा विरवल घले, टिका गुरुङ, दुन बहादुर घलेको लगानी रहने फिल्ममा बिनु गुरुङ, रोशन भट्टराई, राजेश घिमिरे छन् ।
चलचित्रमा वुद्दि तामाङ, गौमाया गुरुङ, कविता आले, माओत्से गुरुङ, पुस्कर गुरुङ, विरवल घले, डीबी गुरुङ लगायतको अभिनय रहनेछ ।