‘गजनी’का भिलेनको दर्शकसँग साक्षात्कार

४ मंसिर २०८१ ६:१९

अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाको निर्माण रहेको चलचित्र ‘ह्रस्व दीर्घ’ले बक्स अफिसमा राम्रो ब्यापार गरिरहेको छ । यो चलचित्रले ३ दिनमा २ करोड ७५ लाखको ब्यापार गरेको निर्माणपक्षले जनाएको हो ।

दर्शकको राम्रो साथ र उत्कृष्ट प्रतिक्रिया पाएसँगै यतिबेला चलचित्रका मुख्य भारतीय कलाकार प्रदिप राउत पनि नेपालमा दर्शकसँग भेटघाट गरिरहेका छन्। चलचित्रले दर्शकको राम्रो साथ पाएपछि प्रदिप नेपाल आएका छन् ।

‘महामन्थ’को भूमिकामा प्रस्तुत भएका प्रदिप सोमबार बेलुकी काठमाडौंको बीग मुभिजमा दर्शकमाझ उपस्थित भए । दर्शकसँग साक्षात्कार गरेका राउत दर्शकको सकारात्मक प्रतिक्रियाले निकै खुशी देखिए ।

श्रीमतीको साथमा नेपाल आएका प्रदिपले दर्शकलाई सम्बोधन गर्दै भने–‘भगवान् पशुपतिनाथको कृपाले सबै राम्रो भएको छ । हाम्रो चलचित्रलाई दर्शकहरुले रुचाइदिनुभएको छ । धेरै धेरै धन्यवाद ।’

लेखक तथा कलाकार हरिहर अधिकारीका अनुसार प्रदिपले आज पनि काठमाडौंका विभिन्न हलमा दर्शकसँग साक्षात्कार गर्ने छन् । यो कलचित्रका निर्देशक चन्द्र पन्त हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *