‘सत्यवीर’मा प्रकाश शाह अनुबन्धित

४ मंसिर २०८१ ५:३२

गडरेज पिक्चर्स प्रालिको ब्यानरमा निर्माण हुने चलचित्र ‘सत्यवीर’मा प्रकाश शाह अनुबन्धित भएका छन् । उनी यो चलचित्रको मुख्य भूमिकाको लागि अनुबन्धित भएका हुन् ।

विराज खड्काले निर्देशन गर्ने यो चलचित्रको लागि निर्माणपक्षले प्रकाशलाई सोमबार अनुबन्धित गरेको हो । चलचित्रमा प्रकाशको भूमिका कस्तो रहन्छ भनेर केही पनि खुलाइएको छैन् । यसअघि प्रकाशले ‘लभ स्टेसन’, ‘साङ्लो’ र ‘रावायण’ जस्ता चलचित्रमा काम गरिसकेका छन् । निर्देशक खड्काको यो डेब्यु चलचित्र हो ।

निर्माणपक्षले प्रकाशको फस्टलुक सहित सार्वजनिक गरेको पोस्टरमा उनी ‘एङ्ग्री’ लुक्समा प्रस्तुत छन् । पोस्टरमा उनलाई सिगार पिउँदै गरेको अवस्थामा देखाइएको छ भने पृष्ठभूमिमा हात्तीलाई पनि देख्न सकिन्छ ।

क्राइम थ्रिलर जनरामा निर्माण हुने चलचित्रको यसअघिको फस्टलुक पोस्टरमा प्रदीप चौधरी फिचर्ड थिए । डिसेम्बरदेखि छायांकन गरिने यो चलचित्रको निर्माता आदेश सुब्बा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *