‘ह्रस्व दीर्घ’लाई फ्लप बनाउन लाग्ने को ?

३ मंसिर २०८१ ७:१८

कार्तिक ३० गतेबाट रिलिज भएको चलचित्र ‘ह्रस्व दीर्घ’लाई फ्लप बनाउन हलवालाले काटकुट गरेर प्रदर्शन गरेको पाइएको छ। चलचित्र प्रदर्शन भएको तेस्रो दिन झापाको बिर्तामोड स्थित पाथिभरा सिने प्लाजाले बेलुका ५:३० को शोजमा चलचित्रको उल्टो पाल्टो काटेर हलमा प्रदर्शन गरेको थियो ।

चलचित्र हेर्न हलमा गएका दर्शकका अनुसार यता र उताको भाग काटेर देखाएका कारण आफूहरु रनभुल्लमा परेको र चलचित्र फ्लप गराउन हलवालाले यस्तो कार्य गरेको आरोप लगाएका छन् ।

फेसबुकमा नीताले सेयर गरेको पोस्टमा दर्शक निकै आक्रोस देखिएका छन् । दर्शक आक्रोस भएर हलवाला सँग जाइलागेपछि हलका म्यानेजरले आफ्नो गल्ती स्विकार गर्दै दर्शकले काटेको टिकटको सबै पैसा फिर्ता दिने बताएका छन् ।

हलवालालाई हाम्रो प्रश्न
एउटा निर्माताले आफ्नो जिन्दगी दाउमा राखेर निर्माण गरेको चलचित्रमाथि तपाईंहरुको यो ज्याजती कहिलेसम्म ? तपाईंहरुको यस्तो चरम लापरवाहीले दर्शकमाझ कती असर पर्ला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *