अभिनेत्री नीता ढुंगानाको पहिलो निर्माण रहेको चलचित्र ‘ह्रस्व दीर्घ’ कार्तिक ३० गतेबाट प्रदर्शनमा आएको छ । महँगो बजेटमा निर्माण भएको यो चलचित्रलाई असर पुग्ने हेतुले गिरोह परिचालन भएको नीताले आरोप लगाएकी छिन् ।
नीताले आइतबार बिहान फेसबुकबाट लाइभ गर्दै आफ्नो चलचित्रलाई नराम्रो भन्ने गिरोह सक्रिय रुपमा लागिपरेको र यस्ता गिरोह बाट परै बस्न दर्शकमाझ आग्रह समेत गरेकी हुन् ।
दर्शकलाई सम्बोधन गर्दै नीताले लेखेकी छिन्,’मेरो दर्शकहरू नै हुनुहुन्छ मेरो चलचित्रलाई समीक्षा गर्ने समीक्षक, अरु समीक्षाको नाममा मेरो चलचित्रलाई भाड्ने गिराउने काम गर्दै हुनुहुन्छ। सावधान- यस्तो मान्छेहरूको कुरा नसुनिकन पहिला चलचित्र हेरेर मात्र प्रतिक्रिया दिनुहोला । मेरो दर्शक मेरो भगवान हुनुहुन्छ। म अहिले पनि मेरो दर्शककै आसमा छु।’
पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा यी र यस्ता गिरोह देखिदै आएका छन् । जसले, दर्शकलाई भाड्ने र भड्काउने काम भइरहेको छ ।