कार्तिक ३० गतेबाट अलओभर नेपाल प्रदर्शन भएको चलचित्र ‘ह्रस्व दीर्घ’मा नायिका गरिमा शर्माले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाइरहेकी छिन् । यो उनको दोस्रो चलचित्र हो । उनले यसअगाडि चलचित्र ‘लण्डन टु पेरिस’मा काम गरेकी थिइन् ।
झण्डै छ करोड बजेटमा निर्माण भएको यो चलचित्रमा अभिनय गर्ने मौका पाएकी गरिमा दर्शकले आफ्नो अभिनयको प्रशंसा गर्दा निकै उत्साहित छिन् ।
दर्शकको प्रतिक्रियाले उत्साहित भएकी गरिमाले भनिन्,’तपाइको भूमिका मनपर्यो भन्नुभयो । दर्शकले मेरो एउटा दृश्यमा आँखाबाट आँशु आयो भन्नु भएको छ । यसले, मलाई निकै फाइदा मिलेको छ । अब भने दर्शकमाझ नोटिस भएको छु भन्ने लागेको छ ।’ उनले भनिन् ।
चन्द्र पन्तको निर्देशन रहेको चलचित्रमा अभिनेत्री ढुंगाना र हरिहर अधिकारीको साथमा ब्रह्मानन्दम, प्रदीप रावत, सुनिल बर्मा, अली, कबीर दुहन सिंहसहित नेपाली कलाकारहरु विपना थापा, सरोज खनाल, रेखा थापा, सञ्चिता लुइँटेल, प्रशान्त ताम्राकार, किरण केसी, रविन्द्र झा लगायतका कलाकारहरुको अभिनय छ ।