फागुन २ गते ‘आँचल भर्सेस आँचल’

२ मंसिर २०८१ ६:४४

आँचल शर्मा पछिल्लो समयकी निकै व्यस्त नायिका हुन् । उनलाई अहिले चलचित्रहरुमा काम गर्न भ्याइनभ्याइ छ । आँचलले काम गरेको चलचित्र सफल होस् वा नहोस् । तर, उनको लाइनअपमा चलचित्रको कमि छैन् ।

उनको यसै वर्ष प्रदर्शन भएको चलचित्र ‘वर एण्ड वधु’ बक्स अफिसमा सफल हुन सकेन् । तर, उनको चर्चा भने राम्रै भयो । आँचल शर्मा अभिनित अर्का दुई चलचित्र ‘जेरी अन टप र दुखी आत्मा’ आगामी फागुन दुई गते एउटै मितिमा प्रदर्शनमा आउँदैछ ।

अनन्या फिल्म्स र भण्डारी मल्टिट्रेडको ब्यानरमा निर्माण भएको ‘जेरी अन टप’ले पहिले नै आफ्नो प्रदर्शन घोषणा गरेको थियो । भने अहिले ‘दुखी आत्मा’ले पनि सोही मितिमा प्रदर्शन घोषणा गरेको छ ।

यसरी हेर्दा आँचल शर्मालाई समय मिलाउन निकै सकस पर्ने देखिन्छ । एउटै मितिमा रिलिज हुन लागेको दुइवटा चालचित्रका लागि आँचलले कसरी समय तालिका म्यानेज गर्लिन ? त्यसको लागि भने फागुन २ गतेलाई कुर्नै पर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *