फागुन २ गते दयाहाङ र आँचलको ‘दु:खी आत्मा’ प्रदर्शन तय

३० कार्तिक २०८१ ८:४१

अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको शीर्ष भूमिका रहेको चलचित्र ‘दु:खी आत्मा’को प्रदर्शन मिती घोषणा गरिएको छ । शुक्रबार निर्माता कम्पनी क्लक वर्क क्रियसनले चलचित्रको टाइटल डिजाइनसहित आगामी फागुनको २ गते अर्थात ‘भ्यालेन्टाइन्स डे’को छेको पारेर प्रदर्शन घोषणा गरेको हो ।

यो चलचित्रमा दयाहाङ राई र अभिनेत्री आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ, पुस्कर गुरुङ, कविता आले, शिशिर वाङ्देल, आशान्त शर्मा, लोकेन्द्र लेखक, अंकित खड्का, लुनिभा तुलाधर, आरती आचार्य, निमा पाण्डे, रेअर राई, यासेली योङहाङ लगायतको अभिनय छ ।

दीपेन्द्रकै लेखन रहेको यो चलचित्रका निर्माता हिमाल कडरिया हुन्। यो चलचित्रलाई काठमाडौं उपत्यका सेरोफेरोमा नै खिचिएको छ ।

निर्देशक लामा र निर्माता कडरियाले यसअघि निर्माण गरेको ‘नांगो गाउँ’ हिट भएको थियो। क्लक वर्क क्रियसनको ब्यानरमा निर्माण गरिएको यो चलचित्र सोसियल कमेडी चलचित्र हो। चलचित्रलाई अशोक शुक्लाले खिचेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *