आज शुक्रबारबाट देसभरका हलमा ‘ह्रस्व दीर्घ’ प्रदर्शनमा आएको छ । उपत्यकामा २१ र उपत्यका बाहिर २४ गरी देशभर ४५ शोजका साथ यो चलचित्र प्रदर्शनमा आएको हो । चलचित्रको वर्ड अफ माउथ बलियो भएको खण्डमा यसको शोज अझै थपिने छ ।
अभिनेत्री निता ढुङ्गानाले निर्माण गरेको यो चलचित्रको निर्माणमा नीतालाई अभिनेता हरिहर अधिकारीले सघाएका छन्। निता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको यो चलचित्रको कार्यकारी निर्माता धनन्जय गलानी हुन् ।
६ करोड बजेटमा तयार भएको यो चलचित्रमा हरिहर अधिकारी, निता ढुङ्गाना, प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आदर्श मिश्र, बुद्धि तामाङ, किरण केसीको अलावा भारतीय कलाकार ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा लगायतका कलाकारको अभिनय छ।
निर्देशन चन्द्र पन्तले निर्देशन गरेको यो चलचित्रमा अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको छ । बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले चलचित्र खिचेका हुन् ।
नेपाली, तेलुगु र हिंन्दी भाषामा निर्माण भएको चलचित्रलाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्टले वितरण गरेको हो ।