अन्तत: अन्यौलमा रहेको चलचित्र ‘वरिष्ठ बलराम’को निर्माण हुने भएको छ । निर्माण टिम र कलाकारमा नयाँ ट्विस्ट आएसँगै यो चलचित्रलाई अब सेभेन सिज फिल्मस्ले निर्माण गर्ने भएको हो ।
यो चलचित्रलाई ‘पुर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गर्दैछन् । यी दुई निर्माताले निर्माण गरेको ‘पुर्ण बहादुरको सारङ्गी’ले अहिले बक्स अफिसमा तहल्का पिटिरहेको छ ।
सुरेन्द्र पौडेलले निर्देशन गर्ने यो चलचित्रको मुख्य भूमिकामा नायक दयाहाङ राई र कलाकार विजय बराल अनुबन्धित भएका छन् ।
यो चलचित्रलाई यसअघि रोहित अधिकारीले निर्माण गर्ने भनिएको थियो । तर, यो चलचित्रको स्क्रिप्ट फाइनल नहुँदा रोहित ब्याक हटेका थिए । अब यो चलचित्रको नयाँ स्क्रिप्टसँगै देशकै हिट चलचित्र निर्माण गरेको कम्पनी सेभेन सिजले निर्माण गर्ने फाइनल भएको हो ।
यो चलचित्रमा दया र विजयको भूमिका दुस्मनको रहने निर्माणपक्षले जनाएको छ । चलचित्रको अब केही दिनमा अफिसियली घोषणा गर्ने तयारीमा निर्माणपक्ष छ ।