निर्माता तथा निर्देशक शंकर घिमिरे र नायिका ऋचा घिमिरेलाई ठगीको आरोप लागेको छ । अमेरिका लैजान्छु भन्दै ठगी गरेको आरोपमा घिमिरे दम्पतीविरुद्ध उजुरी परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताएका छन् ।
घिमिरे दम्पतीलाई कसले उजुरी गर्यो भन्ने बारे अहिले गोप्य नै राखिएको छ । विगत लामो समयदेखि अमेरिकामै बसोबास गर्दै आएका शंकर र ऋचा यतिबेला ‘तेल भिसा’ प्रदर्शनको लागि काठमाडौंमा छन् ।
चलचित्र ‘तुलसी’ निर्माण गरेर अमेरिका पुगेका घिमिरे दम्पतीले निर्माण गरेको ‘तेल भिसा’ मंसिर ७ गतेबाट प्रदर्शनमा आउँदैछ ।