‘ह्रस्व दीर्घ’को मर्मस्पर्शी गीत ‘भगवान् नै आमा हुन्’

२८ कार्तिक २०८१ ५:०९

यही शुक्रबार अर्थात कात्तिक ३० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ह्रस्व दीर्घ’को नयाँ गीत ‘भगवान् नै आमा हुन्’ सार्वजनिक गरिएको छ । आमाको महिमा वर्णन गरिएको यो गीत मर्मस्पर्शी छ । चलचित्र रिलिज हुन दुई दिन बाँकी रहदा निर्माणपक्षले मंगलबार गीत सार्वजनिक गरेको हो।

सत्यराज आचार्यको स्वर तथा बाबुल गिरीको शब्द रचना रहेको यो गीतले आफ्नो सन्तानका लागि एउटा आमाले गर्ने संघर्ष र त्यागको कथा प्रस्तुत गर्छ । यो गीतमा अभिनेत्री विपना थापालाई आमाको रुपमा प्रस्तुत गरिएको छ ।

चन्द्र पन्तको निर्देशनमा तयार भएको यो चलचित्रमा हरिहर अधिकारीको कथा, प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद छ । यो चलचित्रमा बलिउडका प्रसिद्ध छायाँकार कवीरलालले खिचेका हुन् । नीता ढुंगाना निर्माता र धनन्जय गलानी कार्यकारी निर्माता रहेको यो चलचित्र विश्वभर नेपाली र हिन्दी भाषामा रिलिज हुनेछ ।

यो चलचित्रमा अभिनेत्री ढुंगाना र हरिहर अधिकारीको साथमा ब्रह्मानन्दम, प्रदीप रावत, सुनिल बर्मा, अली, कबीर दुहन सिंहसहित नेपाली कलाकारहरु विपना थापा, सरोज खनाल, रेखा थापा, सञ्चिता लुइँटेल, प्रशान्त ताम्राकार, किरण केसी, रविन्द्र झा लगायतका कलाकारहरुको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *