‘हरि बहादुरको जुत्ता’मा स्वस्तिमापछि प्रियंकाको इन्ट्री

२६ कार्तिक २०८१ ११:१८

दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको चलचित्र ‘हरि बहादुरको जुत्ता’ अभिनेत्री प्रियंका कार्कीको इन्ट्री भएको छ । यो चलचित्रका निर्माणपक्षले आइतबार प्रियांकालाई अनुबन्धित गरेको हो ।

यो चलचित्रका लागि स्वस्तिमालाई निर्माणपक्षले आइतबार नै अनुबन्धित गरेको थियो । चलचित्रका निर्माता सरोज ओली, निर्देशक खनाल र प्रोडक्सन डिजाइनर शंकर पाण्डेको उपस्थितीमा स्वस्तिमा र प्रियांकालाई एकैदिन अनुबन्धित गरिएको हो ।

बुझिएअनुसार, यो चलचित्रमा प्रियांका कार्की सहायक भूमिकामा रहनेछिन् । निर्माण घोषणा भएसँगै दर्शकमाझ चलचित्र प्रतिक्षित छ । कलाकारहरुको रोचक लाइनअपले अझै प्रतिक्षित बनेको हो ।

चलचित्रमा कलाकार हरिवंश आचार्य शिर्ष भूमिकामा देखिदैछन् । चलचित्रमा हरिवंशकै कथा छ । चलचित्रको छायांकन केही समयमा नै सुरु गर्ने तयारी यसको निर्माणपक्षको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *