कार्तिक १५ गते लक्ष्मी पूजाबाट प्रदर्शनमा आएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले बक्स अफिसमा यतिबेला आक्रामक ब्यापार गरिरहेको छ । पहिलो सातामै ८ करोड २५ लाखको ग्रस कलेक्शन गरेको यो चलचित्रले प्रदर्शनको दशौं दिनसम्म आइपुग्दा १७ करोड ९८ लाखको ब्यापार गरेको हो ।
वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका अनुसार चलचित्र प्रदर्शनको आठ दिनमै ११ करोड १० लाख ग्रस कलेक्सन गरेको थियो भने शुक्रबार २ करोड ९९ लाख र शनिबार ३ करोड ८९ लाख ग्रस कलेक्सन गरेको हो । यसरी हेर्दा एकैदिनमा सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्रको रुपमा ‘पूर्ण बहादुरको सारङ्गी’ले कीर्तिमान कायम गरेको छ । प्रदर्शनको दशौं दिन शनिबार चलचित्रले ३ करोड ८९ लाखको ब्यापार गरेको थियो ।
यो चलचित्रले यसरी नै ब्यापार गर्दै गएको खण्डमा नेपाली चलचित्रको सम्पूर्ण रेकर्ड ब्रेक गर्ने अनुमान गरिएको छ । चलचित्रमा विजय बराल, मुकुन भुषाल, प्रकाश सपुत, अन्जना बराइली लगायतका कलाकारहरुको अभिनय छ ।
चलचित्रले बक्स अफिसमा आक्रामक व्यापार गरिरहँदा यसको शोजमा पनि भारी वृद्धी भएको छ । देशभर ३ सय ८० भन्दा बढी शोजका साथ हलमा प्रदर्शन भइरहेको यो चलचित्रलाई दर्शकले निकै रुचाएका छन् ।
सरोज पौडेलको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन् । यो चलचित्रले बाबु र छोराको कथा भन्छ ।