मलाई नराम्रो बनाउने कामहरू भइरहेको छ : नीता ढुंगाना

२६ कार्तिक २०८१ ६:५९

यही शुक्रबार कातिक ३० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारी गरेको चलचित्र ‘ह्रस्व दीर्घ’की अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले आफूलाई नराम्रो बनाउने काम भइरहेको बताएकि छिन् ।

चलचित्र प्रदर्शन मिती नजिकिदै गर्दा प्रचार प्रसारमा निकै व्यस्त रहेकी नीताले आफूलाई नकारात्मक प्रतिक्रियाहरु आएको भन्दै सोमबार एक स्टाटस पोस्ट गरेकी छिन् ।

उनले आफ्नो पोस्टमा विभिन्न नकारात्मक प्रतिक्रियाहरु आएको त्यस्ता पहिचान नभएका व्यक्तिहरूसँग सचेत रहन पनि आग्रह गर्दै फेसबूकमा स्टाटस पोस्ट गरेकी हुन् ।

नीताले फेसबूकमा लेखेको स्टाटस यस्तो छ,’थाहा छैन उनिहरु को हुन् तर लक प्रोफाईल, बिना प्रोफाईल पिक्चर र शून्य अपडे, आजकल कमेन्ट गरिरहेका छन्। यी पहिचान नभएका व्यक्तिहरूसँग सचेत रहनुहोस्। मलाई नराम्रो बनाउने कामहरू भइरहेको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *