‘केटी हराएको सूचना’ पोष्टपोन्ड, ‘ह्रस्व दीर्घ’लाई हुनसक्छ फाइदा

२४ कार्तिक २०८१ १०:०६

कात्तिकको ३० गतेबाट रिलिजमा आउने भनिएको चलचित्र ‘केटी हराएको सूचना’ पोष्टपोन्ड भएको छ । यो चलचित्रको नयाँ प्रदर्शन मिति चाडै नै तय गर्ने निर्माणपक्षको भनाई छ । दीपेन्द्र गौचनको निर्देशनमा तयार भएको चलचित्रको प्रचार जोडतोडका साथ भइरहेको थियो । तर, चलचित्र ‘पुर्ण बहादुरको सारङ्गी’ले देशभरका सबैजसो शोज कब्जा गर्दै आक्रामक व्यापार गरेपछि ‘केटी हराएको सूचना’लाई पोष्टपोन्ड गरिएको हो ।

यो चलचित्रमा नाजिर हुसेन र श्रृष्टी श्रेष्ठ मुख्य भूमिकामा छन् । चलचित्र ‘केटी हराएको सूचना’ पोष्टपोन्ड हुँदा यही मितिमा नै रिलिजमा आउन लागेको नायिका नीता ढुंगाना निर्मित चलचित्र ‘ह्रस्व दीर्घ’लाई फाइदा हुने देखिन्छ । किनकी, शोज बाँडफाँडमा अब यो चलचित्रलाई राहत मिल्नेछ ।

‘केटी हराएको सूचना’ क्यूएफएक्स कै चलचित्र भएकाले पनि ‘ह्रस्व दीर्घ’लाई शोजमा समस्या पर्न सक्थ्यो । तर, अब ‘केटी हराएको सूचना’ पछि सर्दा नीता ढुंगाना र हरिहर अधिकारीलाई सहज हुने देखिन्छ ।

यो चलचित्रको ट्रेलरले युट्युबमा हंगामा मच्चाइरहेको छ । दर्शकले यो चलचित्रको ट्रेलरलाई निकै रुचाएकाले पनि बक्स अफिसमा यो चलचित्रको व्यापार सुखद हुन सक्छ । यो चलचित्रलाई नीताले ६ करोडको बजेटमा निर्माण गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *