‘बसन्त’पछि ‘हरि बहादुरको जुत्ता’मा स्वस्तिमा र प्रकाशको सहकार्य

२४ कार्तिक २०८१ ९:२०

एउटा म्यूजिक भिडियोमा सहकार्य गरेपछि गायक तथा कलाकार प्रकाश सपुत र नायिका स्वस्तिमा खड्काको चलचित्रमा सहकार्य पनि निरन्तर अगाडि बढेको छ ।

स्वस्तिमाले प्रकाश सपुतकै अभिनय तथा निर्देशन रहने चलचित्र ‘बसन्त’मा काम गर्ने पक्का भइसकेको छ ।

अब, उनै स्वस्तिमाले दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको चलचित्र ‘हरि बहादुरको जुत्ता’ साइन गरेकी छिन् । चलचित्रका निर्माता सरोज ओली, निर्देशक खनाल र प्रोडक्सन डिजाइनर शंकर पाण्डेको उपस्थितीमा स्वस्तिमाले चलचित्रका लागि कागजी संझौता गरेकी हुन् ।

यो चलचित्रमा कलाकार हरिवंश आचार्य शिर्ष भूमिकामा देखिदैछन् । चलचित्रमा हरिवंशकै कथा छ । चलचित्रको छायांकन केही समयमा नै सुरु गर्ने तयारी यसको निर्माणपक्षको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *