कस्तो छ ‘तेल भिसा’को ट्रेलर ?

२३ कार्तिक २०८१ ९:४७

मंसिरको ७ गतेबाट नेपालभर रिलिजमा आउन लागेको चलचित्र ‘तेल भिसा’को मन छुने ट्रेलर सार्वजनिक भएको छ । शंकर घिमिरेको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रले अमेरिका पुगेको सन्तान, नेपालमा रहेर सन्तानको प्रतिक्षा गरिरहेका बाबु आमाको कथा भन्छ । साथमा, आफ्नो छोराको सन्तान हुर्काउनका लागि अमेरिका पुगेकी आमाको जीवनमा आइपर्ने कथालाई पनि चलचित्रले मर्मस्पर्शी ढंगले देखाएको छ ।

नायिका ऋचा घिमिरेको प्रस्तुतिमा तयार भएको चलचित्रमा विपिन कार्की, वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, वुद्दि तामाङ, सुचित्रा उप्रेती लगायतका कलाकारहरुको अभिनय छ ।

यो चलचित्रमा शंकर घिमिरेको लेखन तथा निर्देशन, अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ । सुशन प्रजापतिको छायांकन रहेको चलचित्रमा अन्जय खड्काको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत छ ।

चलचित्रको कथावस्तुमा निकै मिहिनेत गरिएकाले दर्शकले मन पराउने विश्वास निर्माणपक्षको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *