ऋषिको फिल्ममा केदार फाइनल

२३ कार्तिक २०८१ ६:५३

 

८ बर्षपछि फिल्मको निर्देशनमा फर्किन थालेका निर्देशक ऋषि लामिछानेको नयाँ फिल्ममा कलाकार केदार घिमिरे फाइनल भएका छन् । फिल्मका निर्माता मुनाल घिमिरेले केदार फिल्ममा अनुवन्धित भएको उल्लेख गरेका छन् ।

फिल्मको नाम र बिषयवस्तु अहिले केही पनि खुलाइएको छैन । तर, फिल्मको छायांकन भने माघ महिनाबाट सुरु हुने बताइएको छ । फिल्ममा सामिप्यराज तिमिल्सिनाको कथा छ ।

फिल्मका लागि नायक सौगात मल्ललाई पनि अफर गरिएको छ । फिल्म ‘छक्का पन्जा’को टिम भन्दा बाहिरको व्यानरमा काम गर्न नसकेको आरोप लागिरहेको समयमा केदारले धमाधम नयाँ नयाँ फिल्म साइन गरिरहेका छन् । उनले, फिल्म ‘कंगारु र जेरीः अन टप’ साइन गरिसकेका छन् । जसमध्ये ‘जेरीः अन टप’को छायांकन जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *