ट्रेन्डिङको २ नम्बरमा ‘ह्रस्व दीर्घ’को ट्रेलर, २० घन्टामै १० लाख भ्यूज

२२ कार्तिक २०८१ १०:४२

 

नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’को ट्रेलरले युट्युबमा गज्जबको दर्शक पाएको छ । सकारात्मक प्रतिक्रियासँगै यो चलचित्रले युट्युबमा १० लाखको भ्यूज पाएको छ । २० घन्टामा १० लाख भ्यूज पाएको यो चलचित्रको ट्रेलर युट्युब ट्रेन्डिङको दोस्रो नम्बरमा छ ।

२० हजार भन्दा बढी लाइक बटुलेको चलचित्रको ट्रेलरमा २३ सय भन्दा बढी प्रतिक्रिया आएका छन् । अधिकांशले ट्रेलरलाई उत्कृष्ट बताउँदै चलचित्र हेर्न उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।

नायिका नीता ढुंगानाले निर्माण गरेको यो चलचित्रलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । चलचित्रमा हरिहर अधिकारी, नीता ढुंगाना, विपना थापा, प्रदिप राउत, ब्रम्हानन्दम, गरिमा शर्मा लगायतका कलाकारहरुको अभिनय छ ।

कविरलालको छायांकनलाई पनि दर्शकले निकै रुचाएका छन् । एक्सन, कमेडी, प्रेम, विछोड र पारिवारिक कथामा निर्माण भएको चलचित्र कातिकको ३० गतेबाट रिलिजमा आउँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *