चलचित्र ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक भएसँगै यसको चर्चा गर्मिएको छ । बुधबार सार्वजनिक भएको ट्रेलरलाई पूर्ण रुपमा कमर्सियल बनाइएको छ । चन्द्र पन्तको निर्देशनमा तयार भएको चलचित्रमा प्रेम, विछोड, कमेडी, एक्सन र पारिवारिक कथा मिश्रण गरिएको वुझ्न सकिन्छ ।
चलचित्रमा नेपाली र भारतीय कलाकारहरुको अभिनय छ । नीता ढुंगानाको निर्माणमा तयार भएको चलचित्रमा हरिहर अधिकारीको कथा छ ।
चलचित्रको मेकिङ पनि उच्च देखिएको छ । दक्षिण भारतीय चलचित्रमा शैलीमा बनाइएको यो चलचित्रलाई लिएर पनि दर्शकहरुमा चासो बढेको छ ।
प्रतिक पौडेलको संवाद रहेको चलचित्रमा कविर लालको छायांकन छ । यो चलचित्रमा हरिहर अधिकारी, नीता ढुंगाना अधिकारी, प्रदिप राउत, ब्रम्हानन्दम, विपना थापा, सुनिल वर्मा, मोहमद वली, कविर दुहान, रेखा थापा, सरोज खनाल, संचिता लुइटेल, किरण केसी, रविन्द्र झा, वुद्दि तामाङ, निर्मल शर्मा, विशाल पहारी, प्रशान्त ताम्राकार, गरिमा शर्मा, आदर्शक मिश्र लगायतका कलाकारहरुको अभिनय छ ।
चलचित्रमा प्रतिक पौडेल, सम्राट न्यौपाने, यश कुमार, एलिस कार्की, विशाल निरौला, वावुल गिरी, दुर्गेश थापाको संगीत छ । राजु तामाङको एक्सन रहेको यो चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी छ ।