दैनिक २० घन्टा चलाउँदा पनि ‘पूर्ण बहादुरको सारङ्गी’को टिकट छैन

२२ कार्तिक २०८१ ४:५५

लक्ष्मीपूजाको दिनबाट रिलिजमा आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको छ । यो फिल्मको व्यापार सोमबारबाट उचालिएको हो । सुरुका तीन दिनमा राम्रै कलेक्शन गरेको फिल्मको बलियो वर्ड अफ माउथ आएपछि सोमबारबाट शोज पनि बढ्यो । बिहिबारसम्म आइपुग्दा फिल्मलाई देशभरका हलमा ३ सय बढी शोज मिलेको छ ।

तर, यो फिल्मको टिकट पाउन दर्शकलाई हम्मे हम्मे पर्ने अवस्था छैन । दैनिक यो फिल्म बिहान ६ बजेबाट मध्यरातसम्म चलेको छ । बिहान ६ बजेबाट राती ११ः५५ सम्मको शोज हलले यो फिल्मलाई दिएका छन् । तर, पनि दर्शकले टिकट पाउन सकेका छैनन् ।

आज मध्यरातसम्मकै टिकट अधिकांश हलमा सोल्ड आउट छ । फिल्मले बिहिबारसम्म १० करोडको आँकडा पार गर्ने देखिएको छ ।

रातको २ बजेसम्म फिल्मका लागि हलमा बसेका हलका स्टाफहरु बिहान ६ बजेका लागि फेरि हलमै पुग्नुपर्ने अवस्था छ । दैनिक ४ घन्टा मात्र हल बन्द भएको देखिन्छ ।

सरोज पौडेलको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले मिलेर बनाएका हुन् । फिल्ममा विजय बराल, मुकुन भुषाल, प्रकाश सपुत, अन्जना बराइली लगायतका कलाकारहरुको अभिनय छ । फिल्मले बक्स अफिसमा सबै रेकर्ड ब्रेक गर्ने संकेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *