५ दिनमा १२ गाउँको ५ करोड, १० करोडको दौडमा छक्का पन्जा ५

२९ असोज २०८१ ७:१२

बिहीवार फूलपातिबाट सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘१२ गाउँ’ र ‘छक्का पन्जा-५’ले आक्रामक व्यापार गरिरहेको छ । प्रदर्शनको पाचौं दिनमा १२ गाउँले ५ करोड माथिको कमाइ गरेको छ भने १० करोडको दौडमा छक्का पन्जा ५ छ ।

निर्देशक दीपाश्री निरौला निर्देशित यो चलचित्रले रिलिजको पहिलो दिन २ करोडको ग्रस कलेक्सन् गरेको थियो । त्यस्तै, अभिनेता विराज भट्ट निर्देशित चलचित्र १२ गाउँले झण्डै २ करोडको हाराहारिमा व्यापार गरेको थियो ।

भ्रष्टाचारको कथामा निर्माण गरिएको छक्का पन्जा ५मा दीपकराज गिरी, केदार घिमिरे माग्ने बुढा, निर्मल शर्मा, वर्षा सिवाकोटी लगायतको अभिनय छ ।

एक्सनप्रधान र सामाजिक कथावस्तुमा निर्माण गरिएको यो चलचित्रको सोमबार देखी केही शोज थप गरिएको छ । दर्शकबाट निकै राम्रो प्रतिक्रिय पाएको यो चलचित्रको व्यापार आक्रामक छ ।

अभिनेता विराज भट्टको निर्देशन, निर्माण र अभिनय रहेको चलचित्रमा विराज भट्ट, समीर भट्ट, न्यान्सी खड्का, सनिशा भट्टराई, कजिन कोइराला लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *