रौनक बिक्रम कँडेलको निर्माण रहने चलचित्र ‘फेरि रेशम फिलिलि’को छायांकन सुरु भएको छ । यो चलचित्रको शुभ साइत गर्दै छायांकन सुरु गरिएको हो ।
सिनेमा आर्ट्सको प्रस्तुति र द मोशन पिक्चर्सको सहकार्यमा निर्माण हुने यो चलचित्रमा सुरज बम ठकुरी कार्यकारी निर्माता र एनी थापा सह–निर्माताको रुपमा छिन् ।
निरोज महर्जनको लेखन तथा निर्देशन रहने चलचित्रमा विनय श्रेष्ठ, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट, नीर शाह, रवीन्द्र झा, प्रकाश घिमिरे, लक्ष्मी गिरी, महेश त्रिपाठी, एलनराज उप्रेती लगायतका कलाकारहरूको मुख्य भूमिका रहनेछ ।
सुजन प्रजापतिको छायांकन रहने चलचित्रमा सुरेन्द्र पौडेलको सम्पादन, निरोज महर्जन र आकाश बरालको पटकथा, कालीप्रसाद बास्कोटा, एसडी योगी, हर्क साउद, कल्याण सिंह, जयन वाइवा र दीपक शर्माको संगीत रहनेछ ।