भ्यालेन्टाइन डे मा ‘ताण्डवम्’ प्रदर्शन हुने

२९ असोज २०८१ ६:१३

जुनिम गहतराजको डेब्यु निर्देशकीय चलचित्र ‘ताण्डवम्’ भ्यालेन्टाइन डेको दिन पारेर आगामी फागुन २ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । दशैंको अवसर पारेर शनिबार थिम पोस्टर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको हो ।

पोस्टरले चलचित्र सस्पेन्स-थ्रिलर कथामा बनेको संकेत गरेको छ । निर्देशक गहतराजले चलचित्रको कथाको कनेक्सन धर्मसँग रहेको जनाएका छन् । उनका अनुसार, चलचित्रको छायांकन सकिएर यतिबेला पोस्ट प्रोडक्सनको काम भइरहेको छ ।

अनिरुद्द आत्रेय र हुसेनको लेखन (कथा, पटकथा तथा संवाद) रहेको चलचित्रलाई धन कुमारी गहतराज, सविना मगर र मनिष गौतमले निर्माण गरेका हुन् ।

चलचित्रमा अंकित खड्का, पुस्कर गुरुङ, प्रेम सुब्बा, अनोज पाण्डे, सरिना मगर, जुनीम गहतराज लगायतको अभिनय छ । यसमा हरि घले लामाको छायांकन तथा सम्राट बस्नेतको द्वन्द्व निर्देशन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *