चर्चित चलचित्र निर्माता निर्देशक एवम कलाकार निश्चल बस्नेतले आफु चलचित्र हलको विकल्पमा लागेको चेतावनी दिएका छन् ।
बस्नेतले निर्माण गरेको चलचित्र बेहुली फ्रम मेघौली अहिले हलमा प्रदर्शन भइरहेको छ । दर्श्को राम्रो साथ पाइरहेको यस चलचित्र अहिले तेस्रो सातामा प्रदर्शन भइरहेको छ ।
तर चलचित्रमा हलहरुले दर्शकको रुची नेपाली चलचित्रप्रती हुदा हुदै पनि हिन्दी चलचित्रलाई बढी शो दिएको भन्दै बस्नेतले सामाजिक सञ्जालमार्फत आक्रोश पोख्दै अब हलको विकल्प खोज्न लागेको बताएका हुन् । उनले हिन्दी चलचित्रप्रति दर्शनको रुची नहुदा पनि चलचित्र हलले हिन्दी चलचित्रलाई शो दिइरहेको आरोप लगाएका छन् ।
उनले भनेका छन्- ‘ राम्रो प्रतिकृया , दर्शकको राम्रो साथ , राम्रो अकुपेन्सी हुदापनि तपाईहरु चै त्यै हिन्दी चलचित्रलाई नै शोज दिईराख्नु है, अकुपेन्सी आलु हुदापनि । म चै हलको बिकल्प तिर लागें ।’
अहिले चलचित्र हलमा बस्नेतको यो चलचित्रसहित छक्का पन्जा-५, घर ज्वाई र १२ गाउँ चलिरहेका छन् ।
बस्नेतको संकेत अब नेपाली चलचित्रलाई ओटीटी प्लेटफर्ममा रिलिज गर्ने तर्फ रहेको बताइएको छ । अहिले पनि विभिन्न ओटीटीमा नेपाली चलचित्र रिलिज गर्ने गरिएको भए पनि त्यसको बजार विस्तार नहुदा सिमित दर्शकसम्म मात्र पुग्ने गरेको छ ।