आगामी कात्तिक ३० गते प्रदर्शन हुने चलचित्र ‘ह्रस्व दीर्घ’को टिजर सार्वजनिक गरिएको छ । विहिबार फूलपातिको अवसर पारेर यो चलचित्रको टिजर सार्वजनिक गरिएको हो ।
सार्वजनिक टिजरमा चलचित्रका मुख्य पात्रहरु नीता ढुंगाना र हरिहर अधिकारी, रेखा थापा लगायतका कलाकार फिचर्ड छन् । एउटै भाग्य भएका जोडीले प्रेमका लागि गर्ने संघर्षको कथा प्रस्तुत भएको यो चलचित्रको टिजरमा नीता र हरिहरलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ । टिजरमा रेखा थापाको सरप्राइज देख्न सकिन्छ ।
निर्देशक चन्द्र पन्त निर्देशित यो चलचित्रले एउटै भाग्य भएका दुई जोडीको प्रेमको कथा बोल्छ । तीन वटा भाषामा रिलिज हुने यो चलचित्रमा हरिहर अधिकारीको कथा, कविरलालको डीओपी, प्रतीक पौडेलको लेखन, मित्र डी गुरुङको सम्पादन, राजु तामाङको एक्सन, सुष्मा सुनाम र रामजी लामिछानेको कोरियोग्राफी छ ।
नीता फिल्म्सको प्रस्तुति रहेको यो चलचित्रको निर्मात्री नीता ढुंगाना हुन् । पटकथा हरिहरले लेखेका हुन् । छायांकन भारतीय प्राविधिक कवीरलालले गरेका छन् । यो चलचित्रमा नीता ढुंगाना, हरिहर अधिकारीको साथमा विपना थापा, संचिता लुइटेल, गरिमा शर्मा, किरण केसी, साउथका कलाकार ब्रमानन्दमको पनि मुख्य भूमिका छ ।