कस्तो छ ‘फिरफिरे फिरिरी’को पोस्टर ?

२४ असोज २०८१ ८:१६

हरर कमेडी जनरामा निर्माण गरिएको चलचित्र ‘फिरफिरे फिरिरी’को पोस्टर रिलिज गरिएको छ । बिहीवार फुलपातीको अवसर पारेर निर्माण युनिटले पोस्टर सार्वजनिक गरेको हो ।

सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य तीन पात्र फिचर्ड छन् । एक पात्रले हातमा कालो सुट्केस बोकेर हेरिरहेका छन्न भने अर्का पात्रको हातमा मसानको हड्डी देख्न सकिन्छ । त्यस्तै, अभिनेत्री भावना उप्रेती केही डराएजस्तो देखिन्छ ।

बिन्दबासिनी क्रियसन द्वारा निर्मित चलचित्रलाई मनोज कुमार अधिकारीले निर्माण गरेका हुन् । सन्दिप श्रेष्ठ र नबिन भट्टको लेखन रहेको यसै चलचित्रबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली चलचित्रमा डेब्यु गर्दैछन्।

नबिन भट्टको निर्देशन रहेको यो चलचित्रमा मनोज कुमार अधिकारी,सन्दिप श्रेष्ठ, भावना उप्रेती,शंकर सेढाई, पिटर प्रिन्स, रबिना केसी,पुष्प अवस्थी,सूर्यमान लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ।

चलचित्रमा जितु तामाङको छायांकन,रोशन दास,प्रकाश दाहाल र अग्नि सुबेदीको सहायक निर्देशन,केशव राज भट्टको कोरियोग्राफी,एलिस कार्कीको ब्याकराउण्ड म्युजिक,प्रशान्त सिवाकोटीको संगीत,अमित श्रेष्ठको साउण्ड डिजाइन,अनन्त घिमिरेको सम्पादन तथा कलर संयोजन रहेको छ।चलचित्रलाई देशभर आर.आर फिल्म्सले वितरण गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *