‘मायाका रङ्गहरु’मा मनिष इन, पल आउट

२१ असोज २०८१ ९:३१

निर्देशक केबल तामाङले निर्देशन गर्ने चलचित्र ‘मायाका रङ्गहरु’मा नायक मनिष राउतको इन्ट्री भएको छ । यो चलचित्रको मुख्य भूमिकाको लागि निर्देशक तामाङले मनिषलाई अनुबन्धित गरेको हो ।

केही हप्ता अगाडि मनिषले यो चलचित्र साइन गरेको भएपनी निर्माणपक्षले आज जानकारी गराएको हो । सोमबार मनिषको जन्मदिनको अवसर पारेर निर्माणपक्षले टिजर पोस्टर समेत सार्वजनिक गरेको छ ।

यसअघि यो चलचित्रको मुख्य भूमिकामा नायक पल शाह अनुबन्धित थिए । तर, अब निर्माणपक्षले नायक पल शाहको ठाउँमा राउतलाई अनुबन्धित गरेको हो । बुझिएअनुसार निर्माणपक्षले पल शाहलाई चलचित्रबाट आउट गरेको हो ।

आगामी तिहारपछि छायांकन सुरु हुने यो चलचित्रलाई पुनम तामाङले प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गर्नेछन् । निर्माता, निर्देशक र प्राविधिकको टीम पुरानै राखेर यो चलचित्रको निर्माण हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *