‘सोनु निगम लाइभ इन नेपाल’को औपचारिक घोषणा

२० असोज २०८१ ११:०९

आगामी डिसेम्बर २५ मा ‘सोनु निगम लाइभ इन नेपाल’ नामक सांगीतिक कार्यक्रम हुने घोषणा गरिएको छ । नेपाली टच-नेपालले ह्यात रिजेन्सी होटलमा आइतबार एक कार्यक्रमका बीच ‘सोनु निगम लाइभ इन नेपाल’को औपचारिक घोषणा गरेको हो।

विगत १५ वर्षदेखि अष्ट्रेलियामा विभिन्न इभेन्ट गर्दै आइरहेको नेपाली टचले नेपालमा भने पहिलो पटक सांगीतक कार्यक्रम गर्न लागेको हो। कार्यक्रममा बोल्दै ‘नेपाली टच ‍नेपाल’का प्रमुख राजकुमार गोस्वामीले अष्ट्रेलियामा कार्यक्रम गर्दै आइएकोमा नेपालमा पनि सोही अनुसार कार्यक्रम गर्ने योजना अनुसार सांगीतिक कार्यक्रम गर्न लागिएको जानकारी दिए।

क्रिसमसमा हुने कार्यक्रमका लागि आजैबाट टिकट बिक्री सुरु भएको घोषणा पनि गरे। कार्यक्रममा सहभागी हुन चाहनेले कार्यक्रमको औपचारिक टिकट विक्रेता इसेवामार्फत टिकट किन्न सक्नेछन्।
कार्यक्रमका लागि चार प्रकारका टिकटको व्यवस्था गरिएको छ।

जहाँ सबैभन्दा सस्तो फेरस्टिभ जेनेरल टिकटको २ हजार , फेस्टिभ प्ल्याटिनमको ४ हजार , फेस्टिभ भिआइपी सिटिङको १० हजार तथा फेस्टिभ भिभिआइपी टेवलको ५० हजार रुपैयाँ शुल्क तोकिएको छ। जसमा प्ल्याटिनम टिकट किन्नेले एउटा वेभरेज निःशुल्क पाउनेछन् भने सिटिङ टिकटदेखिका सबै टिकट क्रेताले निःशुल्क फुड एण्ड वेभरेज पाउनेछन्।

यो शुल्क दशैंतिहारको फेस्टिवल अफर भनेर निश्चित संख्याका टिकटका लागि मात्र उपलब्ध हुने जानकारी आयोजकले दिएको छ। भिभिआईपी टेवलमा ५० हजार तिर्नेले एक टेवल तथा ६ वटा कुर्सी पाउनेछन्।

यसैगरी टिकेटिङ पार्टनर इसेवाका कार्यक्रम प्रमुख गौरीशंकर दाहालले इसेवाले पहिलेदेखि नै ठूलोराम्रो इभेन्टको आवश्यक्ता महशुस गरिरहेकोमा सोनु निगमसँग जोडिन पाएकोमा खुशी व्यक्त गरे।

‘इसेवालाई एउटा राम्रो इभेन्टको आवश्यक्ता पहिलादेखि नै महशुस गरिरहेको थियो। त्यसमा नेपाली टचजस्तो ठूलो कम्पनी त्यसमाथि सोनु निगमजस्तो इन्ट्रनेश्नल आर्टिस्टसँग जोडिन पाउँदा इसेवा कम्पनी नै खुशी छ।’, उनले भने ‘हामीले सबैको पहुँचमा पर्ने गरी टिकट विक्रीका लागि राखेका छौं। त्यो बाहेक काठमाडौं बाहिरको पनि दर्शकका लागि इसेवाका समानान्तर सेवाहरु इसेवा होटल्स, बससेवाबाट पनि टिकट खोल्ने योजना बनाइरहेका छौं।’

यस्तै कार्यक्रमको हस्पिट्यालिटी पार्टनर ह्यात रिजेन्सीका सेल्स तथा बजार प्रमुख अमित वालियाले कार्यक्रमको हस्पिट्यालिटी पार्टनरका रुपमा जोडिन पाउँदा खुशी लागेको बताए। उनले सोनु निगमको नेपाल बसाइलाई उत्कृष्ट बनाउन कुनै कसर नराखिने जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *