‘फिरफिरे फिरिरी’को पहिलो गीत रिलिज

१८ असोज २०८१ ११:४५

आगामी कात्तिक २२ गते छठ पर्वको विदा पारेर प्रदर्शन हुने चलचित्र ‘फिरफिरे फिरिरी’को पहिलो गीत सर्वजनिक गरिएको छ । शुक्रबार निर्माणपक्षले चलचित्रको पहिलो गीत सार्वजनिक गरेको हो। सार्वजनिक गीतमा रोमान्टिक भावको पात्रहरुबीचको प्रेम प्रस्तुत गरिएको छ ।

सार्वजनिक गीतमा प्रशान्त सिवाकोटीको शब्द तथा संगीत, रोशा फुयाँल, भरत अधिकारी, प्रशान्त सिवाकोटी र टीकाराम श्रेष्ठको गायन तथा विषम आचार्यको म्यूजिक छ ।

नविन भट्टको निर्देशनमा निर्माण भएको यो चलचित्रबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले डेब्यु गरेका छन् भने रविना केसी, पिटर प्रिन्स, मनोज कुमार अधिकारी, शंकर सेढाई, सूर्यमान लिम्बू, पुष्प अवस्थी लगायतको अभिनय छ । निर्देशक भट्ट र सन्दीप श्रेष्ठले यो चलचित्रको स्क्रिप्ट लेखेका हुन् ।

मनोज कुमार अधिकारीले निर्माण गरेको यो चलचित्रमा नितिश पुन सह-निर्माता, जितु तामाङको छायांकन, केशवराज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकग्राउन्ड म्यूजिक, प्रशान्त सिवाकोटीको संगीत, अमित श्रेष्ठको साउण्ड डिजाइन तथा अनन्त घिमिरेको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *