आजबाट ललितपुरमा ‘पनास रनवे’ संचालनमा आएको छ । ललितपुरको संचय कोषको भवन अगाडि रहेको रोक्का प्लाजामा संचालनमा आएको हो । यसअघि दरबारमार्गमा संचालनमा रहेको यो रन वे कोरोनाका कारण बन्द भएको थियो ।
नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरूले यो रन वेको एकसाथ उद्घाटन गरेका हुन् । नायिका गौरी मल्ल, पूजा शर्मा, नायक पुष्प खड्का, कुन्साङ बोमजम, निर्मात्री पूनम गौतम, गायिका देविका बन्दनाले केक काटेर उद्घाटन गरेका थिए ।
उद्घाटनपछि नायिका गौरी मल्लले आफूले सधैं नै यही रन वेबाट पहिरनहरू लैजाने गरेको बताइन् । रन वेकी संचालिक स्वेता सिरोहियाले हरेक प्रकारका पहिरनहरू ‘पनास रन वे’मा उपलब्ध भएको बताइन् ।
उनले, आफूहरूले हरेक प्रकारका ग्राहकहरूको रोजाइलाई ध्यान राखेर ‘पनास रनवे’को शुभारम्भ गरेको बताइन् । उनले भनिन्–‘पहिले हाम्रो रन वेमा पहिरनहरू महँगो हुन्छ भन्ने मानिसहरूमा सोच थियो । तर, यसपटक हामीले भारतको महारानी कलेक्शनसँग सहकार्य गरेका छौं । यसैले, भारतमा जुन दरमा पहिरन पाइन्छ, यहाँ पनि सोही दरमा उपलब्ध गराएका छौं ।’