‘पूर्ण बहादुरको सारङ्गी’को तेस्रो गीत ‘मैझारो’ रिलिज

१८ असोज २०८१ ५:२७

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को तेस्रो गीत सार्वजनिक गरिएको छ । निर्माणपक्षले बिहीवार चलचित्रको ‘मैझारो’ बोलको गीत सार्वजनिक गरेको हो ।

सार्वजनिक यो गीतमा शब्द, सङ्गीत र स्वर प्रशान्त शिवाकोटीको छ । विशेष गरी समुदायको प्रेम, वियोग, बिछोड र पीडालाई प्रस्तुत गरेको यो गीतले मुख्य पात्रहरूका जीवनकथा प्रस्तुत गरेको पाईन्छ ।

यो गीतको सार्वजनिक भिडियोमा कलाकार विजय बराल (पूर्ण बहादुर), अञ्जना बराइली र बलाकलाकार स्वयम् केसी फिचर्ड छन् । यो गीतले सारङ्गीको धुनसँगै प्रेम र पीडाको कथालाई कलात्मक रूपमा प्रस्तुत गरेको छ । भिडियोमा पूर्णबहादुरले आफ्नो छोरालाई सारङ्गी बजाउन सिकाउँदै गरेको दृश्यले पारिवारिक विरासत र जातीय पेसालाई देखाउने प्रयास गरेको छ ।

गन्धर्व समुदायको जीवन र सामाजिक समस्यालाई केन्द्रमा राखेर निर्माण गरिएको यो चलचित्रको यसअघि दुई गीत ‘काँधेकुरी’ र ‘दाहिने हातैमा’ सार्वजनिक भैसकेका छन् ।

आगामी कात्तिक १५ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ । सेभेन सिज र बासुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्, भने कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *