‘द्रौपदी’को पहिलो पोस्टर रिलिज

१७ असोज २०८१ ६:२०

निर्देशक ऋषिराज आचार्यले निर्देशन गरेको चलचित्र ‘द्रौपदी’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । बिहीवार घटस्थापनाको अवसर पारेर निर्माणपक्षले यो चलचित्रको पोस्टर सार्वजनिक गरेको हो ।

सार्वजनिक पोस्टरमा हिमाली भेगको गाउँमा एक युवतीले पानीको घैटो कम्मरमा बोकेको देख्न सकिन्छ । पोस्टरमा उनलाई ओपन सेतो कपडामा कम्मरमा बोकेको घैटोलाई निहुरेर हेरिरहेको देखाइएको छ ।

अन्तर्राष्ट्रिय बजारलाई मध्यनजर गरि निर्माण गरिएको यो चलचित्रलाई निर्देशक आचार्य र प्रकाश ज्ञवालीले मिलेर निर्माण गरेका हुन् । कथा, पटकथा, सम्वाद र गीत समेत निर्देशन आचार्यको रहेको चलचित्रमा रवि ओडको संगीत र मोहनकुमार झिल्लुको छायांकन छ ।

चलचित्रमा ऋषिराज आचार्य, आश्विनी शाही, रवि ओड, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, बिस्णु ठडराई (सुबास), प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारीलगायतको अभिनय छ । त्यस्तै, आस्विनी शाही, जेल्सन अधिकारी, सुजाता तिमल्सिनाले यो चलचित्रबाट नेपाली चलचित्रमा डेब्यु गर्दैछन् । चलचित्रको प्रदर्शन मिति अबको केही दिनमा घोषणा गरिने निर्देशक आचार्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *