निर्देशक प्रदीप शाहीको निर्देशनमा तयार भएको चलचित्र ‘एक्लो’को छायांकन सकिएको छ । निर्माणपक्षका अनुसार चलचित्र छायांकन सुरु गरेको ३५ दिनमा सम्पुर्ण छायांकन इन्ड्ल्याप भएको हो ।
साई प्रोडक्शन नेपालको व्यानरमा निर्माण भएको यो चलचित्रको छायांकन नेपालको उपल्लो मुस्ताङ र काठमाडौं लगायतका क्षेत्रमा गरिएको हो । चलचित्रमा राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव बिष्ट, संगीता वादी श्रेष्ठ, भाइराजा थापा, नविन सिवा र बागविर पुनको लगानी छ । वावु श्रेष्ठको छायांकन रहेको चलचित्रमा राजु तामाङको एक्सन कोरियोग्राफी, सन्तोष लामाको कला निर्देशन छ ।
चलचित्रमा हलिउड कलाकार जेमी बेकम,प्रदीप खड्का, बेनिसा हमाल,विजय लामा, सुनील थापा, दिया पुन, दिनेश डीसी, सुरज सिंह ठकुरी,एभन राज उप्रेती,कविता नेपाली, त्रुचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री , विनोदकुमार सुवेदी क्षितिज, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेभिन श्रेष्ठ र स्योन सविक सिङलगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय रहनेछ ।
साइन्स फिक्सनमा आधारित रहेर निर्माण भएको यो चलचित्रको कार्यकारी निर्माता विनोद सुवेदी क्षितिज हुन् । चलचित्रमा राजु तामाङको द्वन्द्व निर्देशन, सेट डिजाइनरमा राजु पेन्टर, कला निर्देशनमा सन्तोष लामा तथा प्रोडक्सन डिजाइनरमा प्रेम खड्का र सुवराज कार्की रहेका छन् ।