अभिनेता विराज भट्टले निर्देशन गरेको प्रतिक्षित चलचित्र ‘१२ गाउँ’को ट्रेलर रिलिज गरिएको छ । यसअगाडि सार्वजनिक गीत र टिजरले सफलता हासिल गरेपछि मंगलबार निर्माणपक्षले चलचित्रको ट्रेलर रिलिज गरेको हो।
चलचित्रको सार्वजनिक ट्रेलरमा एक्सनलाई पुर्ण प्राथमिकता दिइएको छ । ३ मिनेट लामो चलचित्रको ट्रेलरमा बाउछोरा अर्थात विराज भट्ट र उनका छोरा नव- नायक समीर भट्टको एक्सन अवतार देख्न सकिन्छ । एक्सन चलचित्र मन पराउने दर्शकको लागि यसको ट्रेलरले हलसम्म तान्न सक्छ।
सरस्वती भट्टको निर्माण रहेको यो चलचित्रमा अर्जुन पोखरेल र निरज सिंहको संगीत, रामजी लामिछाने र सुनिल क्षेत्रीको कोरियोग्राफी, महेश पौडेल र राजु लामाको डीओपी, सन्तोष सरकारको लेखन, स्टन्ट सिल्भा र शंकर महर्जनको एक्सन र भूपेन्द्र अधिकारीको सम्पादन छ । चलचित्रमा के.एल प्रविनको एक्सन सम्पादन छ ।
यहि असोजको २४ गते फूलपातिबाट प्रदर्शन हुने यो सोनु चन्द्रपाल, दिया मास्के, मुरलिधर, सनिसा भट्टराई, नरेन खड्का, न्यान्सी खड्का, स्टन्ट सिल्भा, सन्तोष सरकार, कनिज कोइराला लगायतका कलाकारहरुको अभिनय छ ।