यहि असोज १७ गते घटस्थापनाबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बेहुली फ्रम मेघौली’को अग्रिम बुकिङ ओपन गरिएको छ। सोमबार बेलुकादेखि नै अग्रिम बुकिङ ओपन गरिएको यो चलचित्रलाई देशभरका मल्टिप्लेक्सहरुले उच्च शोज दिएका छन् ।
अभिनेता तथा निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको यो चलचित्रको सार्वजनिक गीतसंगीत र ट्रेलरले उच्च हाइप क्रेट गरेको छ । जसले गर्दा मल्टिप्लेक्सहरुले उच्च शोज उप्लब्ध गराएका हुन्।
चलचित्रलाई क्यूएफएक्स चेनले देशभरका हलमा ७३ शो उपलब्ध गराएको छ । उपत्यकामा ३२ शो पाएको चलचित्रले मोफसलमा ४१ शो पाएको छ । नयाँ बाँनेश्वर र कालिमाटीमा गरि वान सिनेमाज्ले ९ शो उपलब्ध गराएको छ भने आइएनआई सिनेमाजले आफ्नो चेनमा १४ शो उपलब्ध गराएको छ ।
यता, वीग मुभिजले ६ शो दिँदा एफक्यूबले ७ शो दिएको छ । यसैले, देशभर पाएको उच्च शोको फाइदा यो चलचित्रले उठाउन सकेको खण्डमा चलचित्रको ओपनिङ आक्रामक हुने देखिन्छ।
निश्चल बस्नेत र स्वस्तिमा खड्काको सयुक्त निर्माण रहेको यो चलचित्रले एउटा उमेर पुगेकी छोरीको लागि परिवारले गरेको दुख र मिहिनेतको कथालाई रमाइलो शैलीमा प्रस्तुत गर्छ ।
सजन काफ्ले र आकाश बरालको संयुक्त लेखन तथा निर्देशन रहेको यो चलचित्रमा स्वस्तिमासहित निश्चल बस्नेत, बसुन्धरा भुषाल, विजय बराल, सिम्रन खड्का, लोकेन्द्र लेखक, सिरु बिष्ट, आमिर गौतम, रक्षा थापा लगायतको पनि अभिनय छ ।
चलचित्रको कार्यकारी निर्माताहरुमा फिरोज खड्का र शंकर पाण्डे छन् । नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको नृत्य निर्देशन, जयन जे वाइवा र कुशल पोखरेलको संगीत रहेको चलचित्रमा निमेष श्रेष्ठको सम्पादन छ ।