कार्तिक ९ मा ‘सानो संसार’को पुन: प्रदर्शन

१५ असोज २०८१ ६:३४

निर्माता अर्जुन कुमारको निर्माणमा तयार भएको चलचित्र ‘सानो संसार’को नयाँ प्रदर्शन मिति घोषणा भएको छ । यो चलचित्र गत शुक्रबार अर्थात असोजको ११ गतेबाट प्रदर्शन गरिएको थियो । तर अविरल वर्षाका कारण हलमा दर्शक नआएपछि असोज १३ गतेबाट रिलिज स्थगित गरिएको थियो ।

सोमबार निर्माता अर्जुन कुमारले यो चलचित्रको नयाँ प्रदर्शन मिति घोषणा गरेका छन्। उनले आगामि कार्तिकको ९ गतेबाट अब यो चलचित्र पुन: रिलिज गर्ने घोषणा गरेका हुन्।

अर्जुन कुमारको निर्माण तथा माधव वाग्ले कार्यकारी निर्माता रहेको यो चलचित्रले एउटा परिवार बिचको मिठो कथा भन्छ । एक करोड भन्दा पनि कम बजेटमा निर्माण गरिएको यो चलचित्रलाई दर्शकले रुचाउने विश्वास निर्माणपक्षको छ ।

सिद्धार्थ पुडासैनीले निर्देशन गरेको यो चलचित्रमा सरिष्मा खत्री र सिद्धार्थ पुडासैनीको कथा, रोमी तण्डुकारको सम्पादन, सुजैन खड्का र मनोज खड्काको कोरियोग्राफी, प्रवीण खड्काको छायांकन छ ।

चलचित्रमा अन्जसा रिजाल, अनु दाहाल, राज पंगेनी शर्मा, सितादेवी तिमिल्सेना, जीवन गौतम, सरिता भण्डारी, शिशिर सिवाकोटी लगायतका कलाकारहरुको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *