‘बलिदान’को एक्सन दृश्यको छायांकन सुरु

१२ असोज २०८१ १४:०१

आसुसेन फिल्म्स प्रा.ली. र सन्तोष सेनको प्रस्तुति रहने चलचित्र ‘बलिदान’को एक्सन दृश्यहरूको छायांकन सुरु भएको छ। चलचित्रका एक्सन दृश्यहरू दक्षिण भारतका चर्चित एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा करिब ३० जनाको टिमले तयार पारिरहेका छन् ।

सामले राणा दगुबत्तीको चर्चित चलचित्र ‘हात्ती मेरे साथी’ र हालै रिलिज भएको चियान विक्रमको ‘थङ्गलम’ जस्ता सफल चलचित्रहरूमा एक्सन निर्देशन गरिसकेका छन् ।

यो चलचित्रको छायांकन केही दिनदेखि नेपालका पूर्वी क्षेत्र इटहरी लगायतका स्थानहरूमा भइरहेको छ । चलचित्रका निर्देशक सन्तोष सेनका अनुसार, अत्याधुनिक प्रविधिको प्रयोग गर्दै एक्सन दृश्यहरू छायाङ्कन भइरहेका छन् । समीर भट्ट लगायतका कलाकारहरूका दृश्यहरू अहिले छायांकन भइरहेको छ ।

यो चलचित्रमा पवन ब्राडफोर्ड बिस्ट निर्माताका रूपमा छन् भने प्रेम पुरी सह-निर्माताको भूमिकामा रहेका छन् ।

नेपालको सार्वभौम भूमिमा भइरहेका शोषण, अन्याय, र समाजका तथाकथित नाइकेहरूको विरुद्ध बलिदान दिनुपर्ने कथामा आधारित रहेको यो चलचित्रमा समीर भट्टसहित सौगात मल्ल, अर्पण थापा, दिव्य देव र अभिनेत्री ऋचा शर्माको पनि अभिनय रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *