‘नरसिंहाः अवतार’को मुहूर्त सँगै सुटिङ सुरु

१२ असोज २०८१ १३:००

एक्सन तथा सोसल ड्रामामा निर्माण हुने चलचित्र ‘नरसिंहाः अवतार’को मुहूर्त सँगै सुटिङ सुरु गरिएको छ । बिहीवार काठमाडौंको एनएफडिसि स्टुडियो बालाजुमा मुहूर्त गर्दै निर्माणपक्षले सोही दिनदेखी सुटिङ सुरु गरेको हो।

निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्ने यो चलचित्रका निर्माता नरेन्द्र महर्जनले क्ल्याप हानेका थिए । निर्माता तथा वितरक छविराज ओझाले नरिवल फुटाएर शुभमुहूर्त गरेको चलचित्रको वितरक करण श्रेष्ठको एक्सन सँगै सुटिङ भएको हो ।

शुभमुहूर्त कार्यक्रमा निर्माण टिम तथा कलाकारहरु राजेश हमाल ,राज कटुवाल, नीति शाह, सनिशा भट्टराई र अर्जुन श्रेष्ठ लगायतको उपस्थिती थियो।

आगामी फागुन १४ गते शिवरात्रीलाई प्रदर्शन मिती घोषणा गरेको यो चलचित्रमा महानायक राजेश हमाल, राज कटुवाल, नीति शाह, सरोज खनाल, सनिशा भट्टराई, दीपा शाही, प्रशान्त ताम्राकार, नीर शाह, रमेश चन्द सोडारी,प्रकाश कुँवरलगायतका कलाकारहरुको अभिनय रहनेछ ।

८ वर्षपछि महानायक हमालले यो चलचित्रबाट कमब्याक गर्दैछन् । उनले यसै चलचित्रको लागि केही समयदेखी आफ्नो गज्जबको लुक्स बनाइरहेका छन् ।

क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने यो चलचित्रका द्वन्द निर्देशक चन्द्र पन्त हुन् । निर्माता नरेन्द्र महर्जन, पशुराम बस्नेत र धुर्ब न्यौपानेले सयुक्त रुपमा निर्माण गर्ने चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, एफडी कम्पनी र रिच  इन्टरटेन्मेन्टले वितरण गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *