‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो गीत ‘दाहिने हातैमा’ रिलिज

१२ असोज २०८१ ११:२९

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो गीत सार्वजनिक भएको छ । निर्माणपक्षले शनिबार दोस्रो ‘दाहिने हातैमा’मा बोलको गीत सार्वजनिक गरेको हो ।

सार्वजनिक यो गीतमा शब्द, संगीत तथा स्वर प्रशान्त शिवाकोटीको छ । यो गीतले यो चलचित्रको प्रमुख पात्रहरूको जीवनको कथा भन्छ । दुःख मात्रै होइन प्रेमको कुरा पनि प्रस्तुत गरेको यो गीतले लुकीलुकी चौतारीमा मायालुसँग भेटेको प्रसंगको बखान गरेको छ।

गीतमा चलचित्रमा मुख्य पात्र विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, बुद्धि तामाङ, देशभक्त खनाललगायत कलाकार देखिन्छन् । उनीहरू घरघर गएर गीत गाइरहेको भिडियोमा देखिन्छ ।

आगामी कात्तिक १५ गते प्रदर्शन हुने यो चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ ।

सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदीको निर्माण छ । यो चलचित्रको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् । रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल कार्यकारी निर्माता रहेको चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *