हरर कमेडी जनरामा निर्माण भएको चलचित्र ‘फिरफिरे फिरिरी’को फस्टलुक पोस्टर सँगइ प्रदर्शन मिती पनि सार्वजनिक गरिएको छ । सोमबार यो चलचित्रको फस्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी कार्तिक २२ गते छठ पर्वलाई प्रदर्शन फाइनल गरेको हो ।
बिन्दबासिनी क्रियसन द्वारा निर्मित चलचित्रलाई मनोज कुमार अधिकारीले निर्माण गरेका हुन् । सन्दिप श्रेष्ठ र नबिन भट्टको लेखन रहेको यसै चलचित्रबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली चलचित्रमा डेब्यु गर्दैछन्।
नबिन भट्टको निर्देशन रहेको यो चलचित्रको सार्वजनिक पोस्टरमा चारजना पात्रहरुलाई देखाईएको छ। स्कुटीमा बसिरहेकी युवतीलाई तिन जना युवाहरुले तानातान गर्दै गरेको देखाईएको छ।
चलचित्रमा मनोज कुमार अधिकारी,सन्दिप श्रेष्ठ, भावना उप्रेती,शंकर सेढाई, पिटर प्रिन्स, रबिना केसी,पुष्प अवस्थी,सूर्यमान लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ।
चलचित्रमा जितु तामाङको छायांकन,रोशन दास,प्रकाश दाहाल र अग्नि सुबेदीको सहायक निर्देशन,केशव राज भट्टको कोरियोग्राफी,एलिस कार्कीको ब्याकराउण्ड म्युजिक,प्रशान्त सिवाकोटीको संगीत,अमित श्रेष्ठको साउण्ड डिजाइन,अनन्त घिमिरेको सम्पादन तथा कलर संयोजन रहेको छ।चलचित्रलाई देशभर आर.आर फिल्म्सले वितरण गर्नेछ।