‘केटी हराएको सूचना’को गीतमा रोमान्टिक नाजिर र सृष्टि
७ असोज २०८१ २:४८
आगामी कात्तिक ३० गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘मिसिङ:केटी हराएको सूचना’को पहिलो गीत सार्वजनिक भएको छ । आइतबार निर्माणपक्षले चलचित्रको ‘हेर्दै जाउँ’ बोलको गीत सार्वजनिक गरेको हो ।
सार्वजनिक यो गीतमा रोहित जोन क्षेत्री र शितुसित बस्नेतको स्वर समवेश छ भने शब्द तथा संगीत दीपेन्द्र गौचनको स्वयंमको रहेको छ । नाजिर र सृष्टि फिचर्ड यो गीतले एक युवक र युवतीको कथा भन्छ । दुई साथीबीचको लामो समयपछिको भेटमा हुने खुसी भिडियोमा देखिन्छ । नेपालका तराई क्षेत्रमा छायांकन गरिएको भिडियो सुन्दर छ ।
करिब ३२ वर्षअघिको डकु–ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको निर्माण तथा निर्देशन गरेको चलचित्रमा निर्देशक गौचन स्वयंको स्क्रिप्ट लेखन र अमर महर्जनको छायांकन रहेको छ।
चलचित्रमा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, राम नारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, ललिता देवी मिश्र लगायतको पनि अभिनय छ । चलचित्रमा नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका सञ्चालक नकिम उद्दिन कार्यकारी निर्माताको रुपमा रहेका छन् ।