सौगातपछि ‘कल्ली’मा अर्पण, कमलमणी र बुद्धि अनुबन्धित

६ असोज २०८१ ५:३९

निर्देशक लक्ष्मण सुनारको लेखन तथा निर्देशन रहने चलचित्र ‘कल्ली’मा तीन कलाकार अर्पण थापा, बुद्धि तामाङ र कमलमणि नेपाल अनुबन्धित भएका छन् । केही दिन अगाडि यो चलचित्रमा अभिनेता सौगात मल्ल अनुबन्धित भएका थिए।

रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने यो चलचित्रलाई निर्माता किरण नेपालीले निर्माण गर्दैछन् । लक्ष्मण निर्देशित चलचित्र ‘बुलाकी’ प्रदर्शनमा आइसकेको छ । चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद छ ।

आगामी तिहारपछि छायांकन सुरु हुने यो चलचित्रका निर्माण प्रमुख सुरज आचार्य हुन् ।

नयाँ वर्ष २०८२ को छेको पारेर चैत्रको २९ गतेबाट प्रदर्शन हुने यो चलचित्रको छायांकन कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा गर्ने तयारी भइरहेको निर्देशक सुनारले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *